Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आइएमईको नयाँ वर्ष योजना- नयाँ वर्षको बहार आइएमई गर्दा सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने


आइएमईको नयाँ वर्ष योजना- नयाँ वर्षको बहार आइएमई गर्दा सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने

काठमाडौं, असोज ३। रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले नयाँ योजना आइएमई गरौं, करोडपति बनौं सुरु गरेको छ। विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम रेमिटेन्सद्वारा रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले यो योजना सार्वजनिक गरिएको कम्पनीले बताएको छ। कम्पनीका अनुसार योजना अन्तर्गत आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रूपैयाँ नगद जित्न सक्ने छन्।

सँगै हरेक महिना एक जनाले १ लाख नगद रूपैयाँ पाउने छन्। यसै गरी दसैं, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन्। आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन्।

यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्तसम्म लागू हुनेछ।आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकका रूपमा काम गर्ने बताएका छन्।