काठमाडौं । कीर्तिपुर नगरपालिकाले पर्यटन भवन नजिक बनाएको स्मार्ट शौचालय भत्काएको छ । सडक फराकिलो बनाउन भन्दै सार्वजनिक शौचालय भत्काएको हो । कीर्तिपुर नगरपालिका गेटनजिक रहेको कीर्तिपुर बस स्र्टपअघिको शौचालय भत्काइएको प्रवक्ता दिवाकर अघिकारीले बताए । कीर्तिपुर नगरपालिका प्रवक्ता अधिकारीले भने, ‘शौचालयले बाटो साँघुरो बनाएपछि भत्काइएको हो । उनले भने,'यो शौचालय,पछाडीको भवन भन्दा पहिले बनेको थियो, अव्यवस्थित र पछाडीको पर्यटन केन्द्रमा समेत असर परेको हुँदा यसको विकल्पमा अर्काे शौचालय बनाएर दुवैलाई व्यवस्थित गरिएको हो । बाटो खुला र व्यवस्थित हुने अपेक्षा' गरिएको छ ।
कीर्तिपुर नगरपालिकाले ‘स्मार्ट शौचालय’ भत्कायो