Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालको वायूसेवामा ब्रेक लाग्न सक्छ! ईयूका प्रतिनिधि नेपाल आउदैं


नेपालको वायूसेवामा ब्रेक लाग्न सक्छ! ईयूका प्रतिनिधि नेपाल आउदैं

काठमाडौं । नेपालको उड्डयन कालो सूचीबारे पुनर्विचार गर्नु युरोपियन संघ (ईयू)का प्रतिनिधि नेपाल आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले ईयूका प्रतिनिधि सेप्टेम्बर अन्तिम वा अक्टोबर पहिलो साता नेपाल आउने जनाएको छ । ती प्रतिनिधिले अनसाइट अब्जरभेसनका लागि एउटा अन्तर्राष्ट्रिय उडान, एउटा आन्तरिक उडान र एउटा दुर्गममा उडान गर्ने जहाज छनोट गर्नेछन् ।

यो पटक आन्तरिक र बाह्य उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स ईयूका प्रतिनिधिको अब्जरभेसनमा पर्ने देखिएको छ । दुर्गम उडान गर्नेतर्फ श्री एयरलाइन्स पर्ने सम्भावना रहेको छ । यसअघि ईयूका प्रतिनिधिले बुद्ध एयर, समिट र एनएसटीको अवलोकन गरेका थिए ।

सूचना अधिकारी भुलले केही जहाज उनीहरु आफैंले छानेर अध्ययन गर्ने भए पनि सबै जहाज आफ्नो ठाउँमा अब्जरभेसनका लागि तयार भएर बसेको बताए । ईयूले जहाजको अनसाइट अब्जरभेसन गर्छ भने अडिट अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले गर्छ । सन् २०१३ डिसेम्बरबाट ईयूको आकाशमा नेपाली जहाजको उडान प्रतिबन्ध छ ।

सन् २०१३ यता ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ । सन् २०१० मा एकै वर्ष तीनवटा विमान दुर्घटना भएको थियो । सन् २०११ मा एउटा र सन् २०१२ मा दुइटा विमान दुर्घटना भएको पृष्ठभूमिमा त्यस्तो प्रतिबन्ध लागेको थियो । ईयूले त्यस्तो प्रतिबन्ध लगाउँदा आईकाओको प्रतिवेदनलाई आधार मानेको थियो । त्यसयता नेपालमा विमान दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार नेपालमा पछिल्लो ७६ वर्षमा ५२ वटाभन्दा बढी जहाज तथा हेलिकप्टर दुर्घटनामा परेका छन् । वैशाख २१ गते संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको थियो । जेठमा पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्निअटर ‘नाइन एनएईटी’ जहाज मुस्ताङको थसाङ– २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

यस्तै असार २६ गते मनाङ एयरको हेलिकप्टर जहाज दुर्घटनामा परेको थियो । त्यसमा सवार सबैको ज्यान गएको थियो । २०७९ चैत २५ गते काठमाडौंको ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर सामान्य दुर्घटनामा परेको थियो । यस्तै २०७९ चैत २६ गते धौलागिरी बेसक्याम्प नजिक एभरेष्ट एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । चैत, बैशाख, जेठ र असार गरी चार महिनामा ५ वटा हवाई दुर्घटनामा परेको छ ।