Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सोनापुर मिनरल्सको आइपीओ सात लाखले भरे


सोनापुर मिनरल्सको आइपीओ सात लाखले भरे

काठमाडौं, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओ ७ लाख भन्दा बढीको आवेदन दिएका छन्। आइतबारदेखि निष्काशन गरिएको कम्पनीको आइपीओमा ७ लाख ३२ हजार ९५३ आवेदन परेको हो। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंगलबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा ८५ लाख ६६ हजार ८४० कित्ताका लागि आवेदन परेको हो। कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले जारी गरेको आईपीओबाट कम्पनीले २ अर्ब ३ करोड ५३ लाख ९ हजार ८४७ रूपैयाँ संकलन गरेको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। आइपीओ भर्ने असोज १७ गते अन्तिम दिन रहेको छ।