काठमाडौँ । संसदीय छानविन विशेष समितिले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपीन कुमार आचार्यसँग शोधपुछ गरेको छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा बनेको समितिले सह–महामन्त्री विपीन कुमार आचार्यसँग बयान लिएको हो ।
आइतबार समितिको बैठकमा उपस्थित भएर उनले बयान दिएका हुन् । आचार्यले गोर्खा मिडियाका लागि कास्कीको पोखरास्थित सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको आरोप लागेको छ । समितिले कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूसँग बयान लिँदै आएको छ ।