काठमाडौँ । थाई एयर एसियामाथि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ । अनुमति नै नलिई बैंककबाट काठमाडौँ आएको उक्त विमानलाई प्राधिकरणले अनिश्चितकालका लागि रोक लगाएको थियो । तर, एयरवेजले माफी मागेको भन्दै प्राधिकरणले प्रतिबन्ध फुकुवा गरेको हो ।
योसँगै यसको जीएसटीको रूपमा रहेको युनिभर्सल ट्राभल्सको अनुमति पनि सुचारु भएको छ । एयरवेजलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ९भैरहवा० मा समेत उडान गर्नेगरी अनुमति दिइएको हो ।
यसअघि भैरहवा जाने प्रतिवद्धता जनाए पनि त्यहाँ उडान गर्न मानिरहेको थिएन । अब भने भैरहवामा समेत उडान गर्न एयरलाइन्स सहमत भएको छ । उक्त एयरलाइन्सले विन्टर सिजन अन्तर्गत उडान सुरु गर्नेछ । आगामी आइतबारदेखि सुरु हुने उडान मार्चसम्म कायम रहनेछ । थाईले काठमाडौँमा साताको चार दिन आइतबार, सोमबार, बिहीबार र शुक्रबार गरी चार र भैरहवामा आइतबार र शुक्रबार गरी दुई उडान गर्नेछ ।