Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मौसम खराब हुँदा रामेछापबाट लुक्लाका ३० उडान अवरुद्ध


मौसम खराब हुँदा रामेछापबाट लुक्लाका ३० उडान अवरुद्ध

काठमाडौं । मौसममा खराब भएपछि बुधबार रामेछापबाट लुक्लाका लागि तय भएका सम्पूर्ण उडान अवरुद्ध भएका छन् । मूख्य पर्यटकीय सिजनमा लुक्लातर्फ जाने हवाई यात्रुहरु रामेछाप विमानस्थल आसपास बिहानैदेखि अलपत्र छन् । रामेछाप र लुक्ला दुवैतर्फ मौसम नखुल्दा बुधबार बिहानबाट अपरान्हसम्म कुनै उडान हुन सकेका छैनन् । लुक्लातर्फको मौसम खराब भएकाले बुधबार हेलिकप्टरको उडान समेत हुनसकेको छैन ।

लुक्लाको मौसम बिग्रिएका बेला पर्यटकहरु हेलिकप्टरमार्फत लुक्ला वा नजिकैको सुर्केसम्म जाने गरेका थिए । रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख अशोक थापाका अनुसार निजी हवाई कम्पनीका जहाज बिहानैदेखि रामेछाप विमानस्थलमा पार्किङमै छन् । तारा, सिता र समिट एयरले बुधबारका लागि लुक्लामा ३० उडान गर्ने तालिका बनाएका थिए । त्यसका लागि तारा, सीता र समिट एयरले २र२ वटा जहाज मंगलबार बेलुकादेखि रामेछाप विमानस्थलमा तयारी अवस्थामा राखेका थिए ।

रामेछापबाट लुक्ला उडान नभएपछि लुक्लाबाट काठमाडौंतर्फको उडान पनि हुनसकेको छैन । नेपाल नागरिक उडड्यन प्राधिकरणले सगरमाथातर्फ जाने मुख्य पर्यटकीय सिजनमा काठमाडौंबाट लुक्लाको उडान रामेछाप विमानस्थलबाट गर्ने गरी वायुसेवा कम्पनीलाई निर्देशन दिएपछि यस महिनाको सुरुदेखि नै रामेछाप–लुक्ला उडान हुन थालेको हो । रामेछापबाट काठमाडौंका लागि भने उडान तालिका छैन ।