Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सुन र चाँदीको मूल्य बढ्यो


सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौँ, नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सय बढेर प्रतितोला रु एक लाख २५ हजार आठ सय कायम भएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो । त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रु आठ सयले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २४ हजार चार सय थियो ।

चाँदीको पनि प्रतितोला रु ५० ले वृद्धि भई प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।