Wednesday, September 17, 2025

२०८२ आश्विन १, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बाँकेमा जमिनमुनिबाट सुन निकालिदिने भन्दै दुई करोड ठगी


बाँकेमा जमिनमुनिबाट सुन निकालिदिने भन्दै दुई करोड ठगी

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले जमिनमुनिबाट सुन निकालिदिने भनेर दुई करोड ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जमिनमुनि धेरै सुन देखिएकोले सो निकालिदिने भन्दै पटक–पटक गरी नेपालगन्ज १९ का नसिर अहमद बेहनाबाट दुई करोड ठगी गर्ने भारतको बलरामपुरस्थित सिंहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मोहनपुर इँटाभट्टा नजिकैको जमिनबाट सुन निकालिदिन्छु भनेर स्थानीय नसिर अहमद बेहनाबाट पटक–पटक गरी दुई करोड रुपियाँ हलवाईले ठगी गरेको उजुरीको आधारमा भारतीय नागरिकलाई पक्राउ गरिएको हो । भारतीय नागरिक हलवाईलाई नेपालगन्ज वडा नम्बर ४ स्थित बसपार्क नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।