काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई भेटि समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान दिन आग्रह गरेको छ । बुधबार भएको भेटमा समग्र अर्थतन्त्रको विकासका लागी बजेटको प्रभावकारी कार्यान्वय एवं स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्ने सुझाएका थिए ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल उद्योगहरू ३० देखि ४० प्रतिशत क्षमतामा चलिरहेको, निर्माण र थोक तथा खुद्रा व्यापारको अवस्था पनि कमजोर रहेकाले यी क्षेत्र चलायमान बनाउन सरकारले विशेष ध्यान दिनु पर्ने र त्यसका लागि नीतिगत स्थिरता, आवश्यक नीति निर्माणलगायत काम तत्काल गर्नुपर्ने बताएका थिए । परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकुल औद्योगिक वातावरण निर्माणका लागि प्रक्रियालाई सरलिकरण गरिनुपर्ने, रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए ।