Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनपीएल:सुदूरपश्चिम रोयल्सद्धारा काठमान्डु गुर्खाज ७३ रनले पराजित


एनपीएल:सुदूरपश्चिम रोयल्सद्धारा काठमान्डु गुर्खाज ७३ रनले पराजित

कीर्तिपुर । प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको छ । १ सय ६८ रनको लक्ष्य लिएर आएको गुर्खाज १५.५ ओभरमा ९४ रनमा अलआउट भयो । यूएईमा एसीसी यू–१९ एसिया कप खेलेर बुधबारमात्र काठमाडौं आइपुगेका देब्रेहाते स्पिनर साउदले ३.५ ओभरमा १९ रन खर्चेर ५ विकेट लिएका हुन् । उनले आफ्नो पछिल्लो ४ विकेट ११ बलको अन्तरमा लिएका थिए ।

अविनाश बोहराले ३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ तथा ब्रान्डन म्याकमुलेन र सैफ जायेबले १–१ विकेट लिए । गुर्खाजबाट स्टेफन इस्किनाजीले ३७ रन बनाए । उनले ३५ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । सुमित महर्जन १४ तथा भीम सार्की र जेहरार्ड इरसमसले समान १० रन बनाए । माइकल लेभिट ५, शंकर राना ३, रशिद खान २, प्रतिक श्रेष्ठ ८ र कप्तान करण केसी रन बनाई आउट भए ।

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६७ रन बनाएको थियो । मध्यक्रममा कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा ४३ रन बनाउँदै सुदूरपश्चिमलाई राम्रो स्कोरमा उभ्याएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरे । स्कटिस खेलाडी म्याकमुलेनको अर्धशतक बनाई बसाएको जगमा दीपेन्द्रले आक्रामक इनिङ्स खेलेका थिए ।

म्याकमुलेनले ३६ बल खेली ३ चौका र ४ छक्कासहित ५३ रन बनाए । ओपनर सैफ जैब ९ बलमा १ चौकासहित ११ रन बनाउँदै आउट भए । अर्का ओपनर विनोद भण्डारीले ३५ रन बनाए । उनले २८ बल खेली समान २ चौका र छक्का प्रहार गरे । रोहन मुस्ताफा ४, आरिफ शेख ३ रन बनाई आउट भए । गुर्खाजबाट रशिदले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शाहव आलम, इरसमस र करणले १–१ विकेट लिए ।