Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

संगीतकार सन्तोष श्रेष्ठ दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न सफल


संगीतकार सन्तोष श्रेष्ठ दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न सफल

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठले दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएका छन् । पहिलो पटक ५० देशका ५० भाषामा संगीतबद्ध गरिएको ‘ढुकढुकी भित्र तिम्रो’ गीतबाट र दोस्रो पटक विश्वको सबैभन्दा अग्लो स्थानमा प्रत्यक्ष रुपमा वाद्यवादन सहितको गायन तथा म्युजिक भिडियो छायांकन गरिएको गीत ‘तिलिचो ताल’बाट सन्तोषले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएका हुन् ।

यी दुवै गीत डा. डी.आर. उपाध्यायले लेखेका हुन् । ‘तिलिचो ताल’ बोलको गीतको टिमलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा गत शुक्रबार आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे । गीत–संगीतको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन मिहिनेत गरेको राष्ट्रपति पौडेलले बधाई दिए ।

‘तिलिचो ताल’ गीत डा. डीआर उपाध्यायको रचना, सन्तोष श्रेष्ठको संगीत र सागर अधिकारीको स्वरमा छ । यो गीत मनाङ जिल्लामा अवस्थित तिलिचो तालभन्दा केही माथि (५ हजार १०५ मिटर उचाइ)मा प्रत्यक्ष रुपमा वाद्यवादन सहितको गायन, रेकर्डिङ र छायांकन गरिएको थियो ।

यो विधामा २०७६ असोज १० गते ४ हजार ७६८ मिटर उचाइमा माधव खरेल लगायतको समूहले पहिलोपटक कीर्तिमान राखेको थियो । त्यसको दुई वर्ष अगाडि सन्चबहादुर राई लगायतको समूहले ४ हजार ८१३ मिटर उचाइमा रेकर्ड र छायांकन गरेर खरेल समूहको कीर्तिमान भंग गरेको थियो ।

यही सिलसिलामा २०७९ वैशाख ९ गते ५ हजार १०५ मिटर (१६ हजार ७४८ फिट २ इन्च) उचाइमा ‘तिलिचो ताल‘’ बोलको गीतलाई रेकर्डिङ र छायांकन गरेर नयाँ विश्व रेकर्ड कायम भएको थियो । महेन्द्र चन्द ‘माइकल’को निर्देशन रहेको गीतको दृश्यमा पुष्प खड्का र श्रद्धा क्षेत्रीले अभिनय गरेका छन् । उत्सव दाहालले छायांकन गरेको श्रव्यदृश्यलाई सिलन लम्सालले सम्पादन गरेका छन् ।