Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा सामान्य अंकको वृद्धि


काठमाडौं, श्रावण ३२ । सेयर बजार ८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०३३ अंकमा कायम भएको छ । परिसूचक नेप्से बढ्दा पनि कारोबार रकम भने १ अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको छ । यसअघि हिजो १ अर्ब ६७ करोडको कारोबार भएको थियो । १३५ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १२ को स्थिर रहृयो ।

जसमध्ये बैंकिङ ३, विकास बैंक १३, फाइनान्स १३, होटल तथा पर्यटन ११२, जलविद्युत् ८, जीवन बीमा ९०, उत्पादन २, माइक्रोफाइनान्स १०, निर्जीवन बीमा ५९ र व्यापार उपसमूह ७१ अंक बढे । लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत बढ्यो । अपर स्याङ्गेको ६, आशा लघुवित्तको ५ र युनिक नेपाल लघुवित्तको मूल्य ४.७ प्रतिशत बढ्यो ।

मेन्छ्याम हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, आईएमई लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेका छन् ।