काठमाडौं, सुनको मूल्य निरन्तर ओरालो लागेको छ। गत असोज ७ गते प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा झरेको हो।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ। यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढ्दै १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।