Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से ३४ अंकले बढ्यो, साढे २३ अर्बको सेयर कारोबार


नेप्से ३४ अंकले बढ्यो, साढे २३ अर्बको सेयर कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३४.२९ अंकले बढेर २ हजार ९ सय ५७.७५ अंकमा बन्द भएको छ । मंगलबार करिब ८ अंकले घटेको नेप्सेमा बुधबार ३४ अंकभन्दा धेरैले बढेको हो । बुधबार कारोबारमा आएकामध्ये १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७९ वटा कम्पनीको घट्यो, बाँकी ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । उक्त दिन २ लाख ४४ हजार १९ वटा कारोबारबाट ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता सेयर किनबेच भए ।


ती किनबेचमा २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । मंगलबार २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बिमा, लुघवित्त र सामुहिक लगानी कोषबाहेक सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।