Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दिल्लीमा पक्राउ परेका देवकुमार नेपालीलाई काठमाडौँ हुँदै बागलुङ पुर्याइँयो


दिल्लीमा पक्राउ परेका देवकुमार नेपालीलाई काठमाडौँ हुँदै बागलुङ पुर्याइँयो

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर ५१ वर्षीय देवकुमार नेपालीलाई प्रहरीले काठमाडौँ हुँदै बागलुङ पठाएको छ । सहकारी बचतकर्ताको सवा अर्ब अपचलन गरेको अभियोग लागेर करिब डेढ वर्षदेखि फरार रहेका नेपालीलाई प्रहरीले इन्टरपोलको समन्वयमा शुक्रबार नयाँ दिल्लीबाट पक्राउ गरेको थियो । उनलाई विमानबाट काठमाडौँ ल्याएर थप अनुसन्धानको लागि बागलुङ पठाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

पोखरा र बागलुङमा सञ्चालित ईमेज बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष तथा पोखरामा सञ्चालित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति उपाध्यक्ष रही सहकारीको एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ अपचलन गरेको आरोप छ । सोही प्रकरणमा मेयर नेपालीसँगै बागलुङको बुर्तिबाङका ५८ वर्षीय ओम प्रसाद दर्जीलाई समेत पक्राउ गरी बागलुङ पठाइएको छ ।

०७९ को निर्वाचनमा ढोरपाटनको मेयर बनेका नेपालीले सहकारीको अध्यक्षका रुपमा बचत रकम अपचलन गरेको खुलेपछि उनीविरुद्ध बचतकर्ताले उजुरी दिएका थिए । उक्त सहकारीले २०८० वैशाख ७ मा अकस्मात् ‘तरलता अभावले’ कारोबार बन्द गरिएको भन्दै सूचना टाँसेपछि बचतकर्ता विरोधमा उत्रिएका थिए । अध्यक्ष नेपाली त्यही बेलादेखि श्रीमतीसहित सम्पर्कविहीन भएका थिए । प्रहरीले मेयर नेपालीसमेत ८ जनालाई प्रतिवादी बनाएर सहकारी ऐन २०७४, अन्तर्गतको कसुरमा बाग्लुङ जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।