Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर लगानी कर्ताहरुले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गर्दै


सेयर लगानी कर्ताहरुले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गर्दै

काठमाडौं, श्रावण ३२ । पूँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै सेयर लगानी कर्ताहरुले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराइरहेका छन् । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोन पुगेको टोलीले सेयर बजारमा गम्भीर प्रकारका संकट आउदा पनि सेवोन, नेप्से र अर्थमन्त्रालयले गर्नुपर्ने कुनै काम नगरेको भन्दै बोर्डको ध्यानाकर्षण गरेका हुन् ।

सेयर बजारमा आपुर्तिको मात्र ओईरो लागेर माग पक्ष अति कमजोर हुँदै गएकाले ५६ लाख लगानीकर्ताहरुको लगानी अति जोखिममा परेकाले ध्यानाकर्षण गराइएको बताए। राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सिमा तत्काल हटाउँन, बैंक तथा बित्तीय संस्थाहरुलाई अल्पकालीन लगानीमा लगाएको बन्देज खारेज गरी संस्थागत लगानीकर्ताहरुको हस्तक्षेप गराउन पनि ध्यानाकर्षण गराइएको उनले बताए ।

अंकित मूल्यमा आउने आईपीओमा ५० प्रतिशत आम सर्वसाधारणलाई, १० प्रतिशत विदेशमा बस्ने नेपालीलाई ४० प्रतिशत कानुनी ब्यक्ति अर्थात कम्पनीको रुपमा दर्ता भएका लगानी कर्तालाई वितरण हुने गरी संस्थागत लगानी कर्ताको सहभागिता अनिवार्य गर्न गराउन पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् ।