काठमाडौं । नेपाली बजारमा महिन्द्र एसयूभी स्कर्पियो एन बिक्री सुरु भइरहेको छ । नेपालका लागि महिन्द्र गाडीको आधिकारीक वितरक अग्नी समूहले नेपालमा सार्वजनिक भएको एक बर्षपछि नेपालमा यो गाडीको बिक्री थाल्ने भएको हो । गत बर्षको असारमा नेपाल सहित भारत र दक्षिण अफ्रिकामा एकै पटक महिन्द्र स्कर्पियो एन एसयूभी सार्वजनिक भएको थियो । सार्वजनिक भएपनि उत्पादकले गाडी उपलब्ध गराउन नसक्दा नेपालमा बिक्री वितरण हुन सकेको थिएन ।नेपालमा सार्वजनिक भएको एक बर्षपछि यो गाडीको बिक्री सुरु हुने भएको हो ।
लोभलाग्दो डिजाइन र लुक्स सहित नेपाली बजारमा आएको यो गाडी तत्काल विक्री भने खुलाएको छैन । भारतमा यो गाडी ९ लाखभन्दा बढी युनिट बुकिङ भइसकेको छ ।आफ्नो पूर्ववर्ती स्कर्पियो भन्दा स्कर्पियो एन निकै स्मार्ट र नयाँपन दिइएको छ । स्मार्ट एसयूभीमा रुपान्तरण भएर आएको यो गाडीको पहिलो भर्सन सन २००२ मा पहिलो पटक सार्वजनिक भएको थियो । महिन्द्रा एसयूभी स्कर्पियो एन फरक डिजाइन र लुक्सका साथ नयाँ अबतारमा उपलब्ध हुने छ।
रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च खालको प्रदर्शन र क्षमताहरू देखाउनेमा कम्पनी विश्वस्त छ । कम्पनीलाई एसयूभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको समेत बताए ।‘ट्विन पिक लोगो साहित नेपाली बजारमा आएको यो गाडीले साहसिक रुपमा अघि बढेको नयाँ दिशाको प्रतिनिधित्व गर्ने कम्पनीले बताएको छ।
नेपालका लागी महिन्द्रा गाडीको आधिकारीक वितरक अग्नी समुह अन्तर्गतको अग्नी इन्कर्पोरेटले ल्याएको यो इसयुभि इटालीको पिनिनफेरिना र मुम्बईस्थित महिन्द्रा इन्डिया डिजाइन स्टुडियो एमआईडीएस मा डिजाइन गरिएको हो ।यो गाडी हेर्दा आकर्षक मात्रै छैन, यसमा सवारी गर्नेहरुका लागि सुविधा सम्पन्न आरामदायी र सुरक्षित पनि रहेको छ । स्कर्पियोको बिरासतलाई एक खुड्किलो माथि उचाल्दै स्कर्पियो–एनले नयाँ इतिहास रच्ने अग्नी समूहका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठले बताए ।
गाडीलाई सुन्दर बनाउन क्रोम ट्यालोन ग्रिल प्रयोग गरिएको छ भने सिग्नेचर डुअल ब्यारेल हेडल्याम्प दिइएको छ ।गाडीमा ‘टल स्ट्याक्स एलईडी टेल ल्याम्प पार्किङका लागि रियर क्यामेरा, झ्यालममा मेटालिक सिग्नेचर टेल इलिमेन्ट, डायमन्ड कट एलोए ह्विल एलईडी प्रोजेक्टर फग ल्याम्पलगायतका बिशेषता छन् ।