काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बुधबार बसेको सुनुवाइ समितिको बैठकले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको हो । राउतको नाम अनुमोदन गर्न आज सुनुवाइ समितिको बैठक बसेको थियो ।
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन