काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको कम्पनि अग्नि मोटोइन्क प्रालि ले नाइमा मोबिलिटी एक्सपो २०२५ मा नयाँ विद्युतीय स्कुटर ब्रान्ड ‘बिगस (बिजि) इलेक्ट्रिक स्कूटरहरू’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
बिहीबार भृकुटीमण्डपमा आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा प्रोडक्ट लन्च इभेन्टमार्फत स्कूटरहरू सार्वजनिक गरिएको हो । कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, डान्सल, मोडल तथा इन्फ्लुएन्सर कविता नेपाली, अग्नि समूहका वरिष्ठ अधिकारीहरू, सञ्चारकर्मीहरू र ग्राहकहरूको उपस्थिति रहेको थियो ।
अग्नि ग्रुपले बिगस(बिजि) का दुई मोडेलहरू – बिजि आरयुभि ३५० र बिजि सि १२ नेपाली बजारमा सार्वजनिक गर्दै, सहरी तथा दैनिक यात्राका लागि उच्च पर्फमेन्स दिने, सुरक्षात्मक विशेषताहरू र प्रविधिले भरिएको विद्युतीय स्कूटरहरूको नयाँ विकल्प प्रस्तुत गरेको छ ।
बिजि आरयुभी दुई भेरियन्टमा उपलब्ध छन् – आरयुभि ३५० आइ—इ—एक्स जसको मूल्य रू.२७९,४०० रहेको छ, र आरयुभि म्याक्स जसको मूल्य रू. ३२५,३०० रहेको छ ।
साथै बिजि सि १२ पनि दुई भेरियन्टमा उपलब्ध छन् – सि१२ आइ—इ—एक्स, जसको मूल्य रू.२२८,४०० रहेको छ भने सि १२ म्याक्स ३.० जसको मूल्य रू. ३०४,९०० रहेको छ ।