Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आह्वान


लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आह्वान

काठमाडौँ — लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आह्वान भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले आइतबार निवेदन आह्वान गरेको हो । सार्वजनिक—निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (५) बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि निवेदन आह्वान गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पदका लागि नेपाली नागरिक भएको हुनुपर्छ । शैक्षिक योग्यता भने मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्छ ।

त्यस्तै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक-निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्यौगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ। त्यस्तै निवेदन दिने अन्तिम मितिसम्ममा पैंतीस वर्ष उमेर पूरा भएको र पैसठ्ठी वर्ष ननाघेको हुनुपर्ने छ ।


त्यस्तै आवेदकले नेपालमा लगानीको अवस्था र सम्भाव्यताको विश्लेषणसहित विद्यमान कार्यसम्पादनको अवस्था, लगानी बोर्डको सबल एवम् दुर्बल पक्ष तथा अवसर र चुनौतीको विश्लेषण र भावी रणनीतिक योजना विषयमा ५ हजार शब्दसम्मको नेपाली भाषामा तयार गरिएको रणनीति र कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ । गोरखापत्र दैनिक र कान्तिपुर दैनिकमा सूचना प्रकाशन भएको मितिले पन्ध्र दिन (अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट) कार्यालय समयभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।