Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कार्यान्वयन भएन घटेको भाडादर


कार्यान्वयन भएन घटेको भाडादर

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै काठमाडौँ उपत्यका चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । तर खुद्रा पैसा नभएको बाहानामा सार्वजनिक यातायात चालकले यात्रु ठगिने क्रम भने रोकिएन छैन ।

भाडा घटेपनि छोटो दूरीका सार्वजनिक यातायातले यात्रुसँग भाडा बढी नै लिने गरेका छन् । अझ खुद्रा नभएको बाहाना गर्दै यात्रुलाई ठगने क्रम बढी भएको छ । एक साताअघि डिजेलमा प्रतिलिटर १० रुपैयाँका घटेको थियो । हाल डिजेल मट्टितेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपियाँबाट १ सय ५५ रुपैयाँमा झरेको छ ।

डिजेलको भाउ घटेसँगै काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटेको छ । भाडादर समायोजन गरेपनि २,४ रुपैयाँ सधैँ बढी तिर्नु पर्ने भइरहेको छ । १७ रुपैयाँ भाडा रहेको अवस्थामा यात्रुसँग सहचालकले २० रुपैयाँ लिने गरेका थिए । अहिले भाडादर घटेपनि यात्रुहरुले उपत्यकामा सवारी चढेसँगै २० रुपैयाँ तिर्नुपरेको छ । यस्तै, २८ रुपैयाँ भाडा भएको ठाउँमा बाध्य भएर ३० रुपैयाँ तिर्नुपर्ने भएको छ । सहचालकले चानचुन नभएको भन्दै यात्रुहरूलाई ठगिरहेको पाइन्छ ।