काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।
यस्तै आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु ४० अर्ब ९० करोडले बचतमा रहेको बैंकको भनाइ छ ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु २०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु ४० अर्ब २१ करोड र राजस्व परिचालन रु ९४ अर्ब ७४ करोड रहेको छ ।
यस्तै विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घट्दा वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ०।७ प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्ट: