Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

समिट एयरले ५ महिनापछि धनगढीबाट बझाङ, बाजुरा र अछाममा उडान सुरु गर्याे


समिट एयरले ५ महिनापछि धनगढीबाट बझाङ, बाजुरा र अछाममा उडान सुरु  गर्याे

काठमाडौं, पाँच महिनादेखि रोकिएको धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हुने उडान पुनः सुचारू भएको छ। गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले बिहीबारदेखि नियमित उडान सुरु गरेको हो ।समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बिहीबारदेखि नियमित उडान सुरु गरिएको बताए। उनका अनुसार अबदेखि तीनै जिल्लामा हप्ताको दुई दिन उडान हुने बताएका छन्।

खड्काले प्रत्येक हप्ताको सोमबार र बिहीबार बझाङ, बाजुरा र अछाम उडान गर्ने बताएका छन्। समिट एयरले धनगढी–बझाङको भाडादर ७ हजार रुपैयाँ कायम गरिएको बताएको छ। बाजुराको भाडादर ७ हजार ५ सय र अछामको भाडादर ५ हजार कायम गरिएको छ। समिट एयरले धनगढीदेखि बझाङ २२ मिनेट, अछाम १७ मिनेट र बाजुरा २८ मिनेटको उडान रहने बताएको छ।