Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

रवि लामिछाने गृहमन्त्री बनेको भोली पल्टै जीबी राई सिंगापुरमा पक्राउ


रवि लामिछाने गृहमन्त्री बनेको भोली पल्टै जीबी राई सिंगापुरमा पक्राउ

काठमाडौं । गितेन्द्रबाबु (जीबी)राई पक्राउ परेका छन् । उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गरेको आरोप थियो । प्रहरी स्रोतका अनुसार उनलाई सिंगापुरमा पक्राउ गरिएको हो ।

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राई विरुद्ध रेड नोटिस जारी भएको थियो । जीबी राईसहित पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका चार जनाविरुद्ध यसअघि डिफ्युजन नोटिस जारी छ ।

डिफ्युजन नोटिसले मात्रै उनलाई विदेशबाट पक्राउ गरेर नेपाल झिकाउन समस्या देखिएपछि नेपाल प्रहरीले डिफ्युजन नोटिसलाई (रेड नोटिस)मा बदल्न पत्राचार गरेको थियो । प्रहरी अधिकारीका अनुसार राई मेलेसियामा रहेको बताइदै आएको थियो । उनले सहकारीको रकमले मलेसियामा २०१९ मै अपार्टमेन्ट खरिद गरेको खुलेको थियो ।