Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

माओवादीले तत्काल सरकार नछोड्ने, प्रधानमन्त्री दाहालले संसद्‌मा विश्वासको मत सामना गर्ने


माओवादीले तत्काल सरकार नछोड्ने, प्रधानमन्त्री दाहालले संसद्‌मा विश्वासको मत सामना गर्ने

काठमाडौं ।सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकार नछोड्ने भएको छ । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमति भएपनि सरकारको नेतृत्व नछोड्ने भएको नेताहरुले बताएका छन् ।

बरु प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मतको सामना गर्ने एक नेताले बताए । राजनीतिक रुपमा संकटमा परेका प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने अडान लिएको एक नेताले बताए ।

प्रधानमन्त्री दाहालले संवैधानिक प्रावधान अनुसार संसदमा विश्वासको मतको सामना गर्ने हुनुभएको एक नेताले भने । माओवादी पदाधिकारीहरूको बालुवाटारमा बसेको बैठकमा सरकार नछोड्ने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको   छ ।