Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुनचाँदीको मूल्य लगातार बृद्धि, आज कति ?


सुनचाँदीको मूल्य लगातार बृद्धि, आज कति ?

काठमाडौं । चार्डपर्व नजिकिदै गर्दा सुनचाँदीको मूल्य लगातार बढेको छ । भदौ ६ गते, बुधबार सुन तोलामा १०० रुपैयाँले महंगिएको छ । चाँदी पनि यस दिन प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन तोलामा २०० रुपैयाँले उकालो लागेको थियो । हिजो सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । बुधबार चाँदीको भाउ बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले महंगिदा प्रतितोला एक हजार ४२५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी तोलामा २५ रुपैयाँले बढेको प्रतितोला एक हजार ४१५ रुपैयाँ पुगेको थियो ।