Thursday, November 28, 2024

२०८१ मंसिर १३, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाघ्यो


इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार नाघ्यो

एजेन्सी । गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार मृत्यु हुनेमा कम्तीमा ८ हजार बालबालिका र ६ हजार २ सय महिला रहेका छन् । यसैबीच वेस्टब्यांकमा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको प्यालेस्टाइनले जनाएको छ ।

गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् । अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमणपछि गाजापट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थियो ।अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २ सयको मृत्यु भएको थियो । त्यसयता इजरायल र हमासबीच लगातार संघर्ष चलिरहेको छ ।

बीचमा ६ दिन संघर्षविराम भए पनि पुनस् इजरायलले गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ । यस बीचमा हमासले १०० बन्धक छाडेको छ त्यस्तै इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाडेको छ । अझै पनि हमासको कब्जामा नेपालका विपिन जोशीलगायतका विभिन्न मुलुकका नागरिक रहेका छन् ।