Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बागमती प्रदेश सहकारी महाशाखाद्धारा तत्काल सहकारीको संस्थागत विवरण बुझाउन निर्देशन, कस्तो विवरण बुझाउनु पर्ने ?


बागमती प्रदेश सहकारी महाशाखाद्धारा तत्काल सहकारीको संस्थागत विवरण बुझाउन निर्देशन, कस्तो विवरण बुझाउनु पर्ने ?

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तरगत सहकारी महाशाखाले मातहतका सबै सहकारी संस्थालाई संस्थागत विवरण पेश गर्न निर्देशन दिएको छ । महाशाखाले मातहतका सहकारी संस्थालाई पत्र पठाउदैँ चल सम्पत्ति विवरण, हाल संचालक समितिका पदाधिकारीहरुले लिएको ऋणको विवरण, पूर्व संचालक समितिका पदाधिकारीहरुले लिएको ऋणको विवरण पेश गर्न निर्देशन दिएको हो ।


त्यस्तै, पाँच लाख भन्दा बढी(धितो नराखी)ऋण लिने ऋणीको विवरण, १० लाख भन्दा बढी घितो राखि ऋण लिनेको ऋणीको विवरण, संस्थाको आफ्नो सम्पत्ति सम्बन्धी विवरण, बचत सम्बन्धी विवरण, २० लाख भन्दा बढी बचत गर्ने बचतकर्ताको विवरण, शेयर सदस्य सम्बन्धी विवरण, ऋण लगानी सम्बन्धी विवरण माग गरेको छ ।

महाशाखाले सम्पूर्ण विवरण १५ दिनभित्र बुझाउन भनेको हो । महाशाखाले अधिकांस सहकारीलाई यहि ९ गते पत्र काटेको थियो । यस प्रकारको विवरणले सहकारी संस्थामा देखिएको वर्तमान समस्यालाई पहिचान गर्न सहजहुने महाशाखाको भनाई छ । पछिल्लो समय सहकारी संस्थामा देखिएको बढ्दो आर्थिक तरलताका बीच दिनप्रतिदिन सहकारी संस्थाहरु संकटग्रस्त घोषणा हुने क्रम जारी छ । यस्तो अबस्थामा महाशाखाको पत्रले सहकारी संस्थामा थप संकट ल्याउने सहकारी अभियन्ताको भनाई छ ।