Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार रोकियो


नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार रोकियो

काठमाडौं । नेप्से परिसूचकमा दोस्रो सर्किट ब्रेक लागेको छ । बजार खुलेको पहिलो मिनेटमै ४ प्रतिशतले नेप्से बढेपछि सेयर कारोबार २० मिनेटका लागि बन्द गरिएको थियो । त्यसपछि खुलेको बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बन्द गरिएको हो । अहिलेसम्म नेप्से परिसूचक १ सय २९.०७ अंकले बढेर २ हजार ६ सय ९७ विन्दुमा पुगेको छ ।

नेपाल राष्ट बैंकले गत शुक्रबार जारी गरेको मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि लाग्दै आएको सेयर कर्जामा २० करोडको सीमा हटाएपछि बजार उत्साहित बनेको हो । अब ४० मिनेटपछि सेयर कारोबार खुला हुनेछ । त्यसपछि नेप्से ६ प्रतिशतले बढेपछि आजका लागि सेयर कारोबार बन्द गरिने छ ।