Thursday, July 17, 2025

२०८२ श्रावण २, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१७ अर्ब ३६ करोडको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स भित्रियो


१७ अर्ब ३६ करोडको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स भित्रियो

काठमाडौं । नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो पाँच महिनामा १७ अर्ब ३६ करोड ५५ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

गत आर्थिक वर्ष २०७९र८० को सोही अवधिमा १६ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्सको आयात ७९ करोड ७० लाख रुपैयाँ आर्थत ४.८ प्रतिशतले बढेको छ।

नेपालमा सबैभन्दा बढी टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स चीनबाट आउने राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ। मंसिरसम्म चीनबाट १२ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ। गत आवको सोही अवधिमा चीनबाट १२ अर्ब ८ करोड ११ लाख रुपैयाँको टेलिकम्युनिकेसन उपकरण तथा पार्ट्स आयात भएको थियो।