Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

समयमा कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का


समयमा कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पत्ति रोक्का

काठमाडौं, भदौ ४ । आन्तरिक राजस्व कार्यालय वीरगन्ज पर्साले लामो समयदेखि कर नबुझाएका १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ। दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगन्ज स्थित खुसी जनरल स्टोर, सिद्धिविनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दीनानाथ ट्रेडर्स, जगदीश एन्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा सेक्युरिटी सर्भिस प्रालि, रिधान सप्लायर्स, टाइगर जब्स सेक्युरिटी सर्भिस प्रालि, गणपति ट्रेड इन्टरनेसनल, सम्राट ढुवानी सेवा कारबाही सहित बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत ढाकाराम तिवारीले बताए ।

यस्तै, पर्साको वीरगन्जकै पटेल किराना स्टोर्स, ब्रदर टेक्सटाइल इन्डष्ट्रिज, कन्ट्रक्ट एक्सप्रेस कुरियर सर्भिस, कम्प्युट्रोनिक्स कलर ल्याब प्रालि, सुशील किराना स्टोर्स,ज्योति मनी चेन्जर्स, गहवामाई ट्रान्सपोर्ट प्रालि र सुरज मेसिनरीको पनि बैंक खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख कर अधिकृत तिवारीले बताए। प्रमुख तिवारीका अनुसार कर नबुझाएका करदातामाथि कारबाही गरी आव २०७९,८० मा १४ करोड ३९ लाख बक्यौता संकलन गरिएको छ। सबै रोक्का भएपछि केही करदाता कर बुझाउन समेत आएको बताए । नियमित बजार अनुगमन थालेपछि आव ०७९,८० मा करदातासमेत बढेको आन्तरिक राजस्व कार्यालय वीरगन्जले बताएको छ।

आव ०७९र८० मा पर्सामा व्यावसायिकतर्फको करदाता दुई हजार सात सय ५० र व्यक्तिगत १० हजार दुई सय २५ नयाँ करदाता थपिएको प्रमुख कर अधिकृत तिवारीले बताए। योसँगै पर्सामा व्यावसायिक ४७ हजार आठ सय ८० र व्यक्तिगत ६६ हजार पाँच सय ५५ गरी एक लाख १५ हजार चार सय ३५ करदाताको संख्या पुगेको बताएको छ। यसैबीच आन्तरिक राजस्व कार्यालय वीरगन्ज पर्साले आर्थिक वर्ष ०७९,८० मा  सात अर्ब १४ करोड राजस्व संकलन गरेको छ।

अवधिमा अन्तःशुल्कतर्फ तीन अर्ब, आयकरतर्फ तीन अर्ब, मूल्य अभिवृद्धिकरतर्फ १ अर्ब ७४ करोड, ब्याजकरतर्फ ४ करोड र घरबहाल करतर्फ ५ करोड राजस्व संकलन भएको उनले बताए। कार्यालयले गत आर्थिक वर्ष ०७८,७९ मा आठ अर्ब ७१ करोड ६९ लाख ६० हजार राजस्व संकलन गरेको थियो। बढ्दो आर्थिक तरलता, विभिन्न कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह नहुनु तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबन्धलगायतका कारणले राजस्व संकलन घटेको प्रमुख कर अधिकृतले बताए।