काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा दोल्ती पावर र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ सूचीकृत गरिएको छ। दोल्ती पावरको सर्वसाधारणको लागि निष्कासन गरेको वैदेशिक रोजगारीमा रहेको नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरू र कर्मचारीहरू सहित १६ लाख ९ हजार ४५८ कित्ता र संस्थापक सेयरधनीहरूलाई लगानी गरेको ३७ लाख ५५ हजार ४०२ कित्ता सेयर गरी कुल ५३ लाख ६४ हजार ८६० कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।
यस्तै भुगोल इनर्जीको ५४ लाख ४० हजार ५३४ कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको सेयरधनीहरूले लगानी गरेको ३८ लाख ८ हजार ३७४ कित्ता सेयर गरी कुल ५४ लाख ४० हजार ५३४ कित्ता सेयर सूचीकृत गरेको हो। नेप्सेले दोल्ती पावरको पहिलो कारोबारको लागि न्यूनतम ८७ रुपैयाँ देखि २६१ रूपैयाँ र भुगोल इनर्जीको न्यूनतम ६७ रुपैयाँ ६३ पैसादेखि २०२ रुपैयाँ ८९ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ।