Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

होन्डाद्वारा १२५ सिसीको डिओ सार्वजनिक


होन्डाद्वारा १२५ सिसीको डिओ सार्वजनिक

२८ असार, काठमाडौं । (एचएमएसआई)ले होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया भारतीय बजारमा १२५ सिसीको नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले दुईवटा भेरियन्टमा १२५ सिसीको डिओ स्कुटर सार्वजनिक गरेको हो ।

होन्डाको डिओ भारतसँगै नेपाली बजारमा पनि लोकप्रिय स्कुटरमध्ये पर्छ। भारतीय बजारको लागि होन्डाले यसपटक स्टान्डर्ड र स्मार्ट गरी दुई भेरियन्टमा स्कुटर ल्याएको हो ।
स्टान्डर्डको मूल्य भारु ८३ हजार चार सय तोकिएको छ भने स्मार्ट भेरियन्टको मूल्य भारु ९१ हजार तीन सय रुपैयाँ तोकिएको छ ।

होन्डाको नयाँ डिओ १२५ मा पिजिएम एफआई इन्जिन दिइएको छ । यसको बाहिरी आवरण निकै स्पोर्टी ढंगले डिजाइन गरिएको छ । स्कुटरमा एच–स्मार्ट प्रविधिको स्मार्ट की फिचर दिइएको छ । जसमा १७१ एमएम ग्राउन्ड क्लेरेन्स दिइएको छ । साथै, १८ लिटरको बुट स्पेस पनि रहेको छ । नयाँ डिओ १२५ मा डिजिटल ड्यासबोर्ट दिइएको छ भने यसमा एलइडी हेडलाइट पाउन सकिन्छ ।