Wednesday, June 11, 2025

२०८२ जेष्ठ २९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्फ्युका कारण मलंगवा बजार बिहानैबाट सुनसान


कर्फ्युका कारण मलंगवा बजार बिहानैबाट सुनसान

सर्लाही । कर्फ्युका कारण मलंगवाको जनजिवन बिहानै देखि प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहिबार रातिदेखि लागुहुनेगरि मलङ्गवा नगर क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो ।

मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर साविक मलङ्गवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

कफ्र्युका कारण लामो तथा छोटो दूरीका कुनैपनि सवारी साधन चल्न सकेका छैनन् भने, बजार कलकारखाना ठप्प छन् । पुरानो मलङ्गवा नगरक्षेत्र ९पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्प सीमा तोकिएको छ ।

ती क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी बिहीबार राति १० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।