Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

समस्याग्रस्त सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको ऋण तिर्न ३५ दिने सार्वजनिक सूचना


समस्याग्रस्त सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको ऋण तिर्न ३५ दिने सार्वजनिक सूचना

काठमाडौँ । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लि. का ऋणीहरूलाई ऋण तिर्न सार्वजनिक सूचना जारी गरेको छ । समितिले आज एक सूचना प्रकाशित गर्दै ऋण तिर्न आउने बारेको ३५ दिने सूचना जारी गरिएको हो ।

‘बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूले सो संस्थाबाट उपभोग गर्नुभएको ऋण कर्जा रकमको सावाँ व्याज यो सूचना प्रकाशित गरिएको मितिले ३५ दिनभित्र आफूले उपभोग गरेको ऋण कर्जाको सावाँ तथा व्याज तपसिलमा उल्लेखित बैंक खातामा जम्मा गरि सोको भौचर यस समितिको कार्यालयमा पेस गरि कर्जा राफसाफ गर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

सो समयभित्र आफूले उपभोग गरेको ऋण कर्जाको दायित्व राफसाफ नगरेको खण्डमा प्रदेश सहकारी ऐन, २०७६ को दफा ९२ को उपदफा (१) खण्ड (क), (ख) र (ग) बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही हुने समेत जानकारी गराइएको छ ।