Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एक क्वीन्टल चाँदीसहित पशुपति ज्वेलर्सका सञ्चालक प्रहरी नियन्त्रणमा


एक क्वीन्टल चाँदीसहित पशुपति ज्वेलर्सका सञ्चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्समा सरकारी टोलीले छापा मारेर एक क्विन्टल चाँदीका गहना बरामद गरेको  छ । तिहारको धन्तेरसमा बिक्री गर्नका लागि भारतबाट तस्करी गरी २०० किलो सुनचाँदीका गहना विराटनगर भित्राएको सूचनापछि प्रहरी, प्रशासन, भन्सार र आन्तरिक राजस्व कार्यालयको संयुक्त टोलीले विहीबार छापा मारेको थियो ।

भारतीय नागरिक विश्वजित जानाले सञ्चालन गरेको ज्वेलर्सबाट एक सय किलो मात्रै बरामद भएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । बिहीबार दिउँसो पसलबाट बरामद भएको गहना राति अबेर मात्रै जोखेर सकिएको थियो ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालका अनुसार रसायनसहित तौल लिँदा चाँदीका सामग्री तथा गहना ९९.९४६ किलोग्राम थियो । सुनका गहना १५३.८ ग्राम रहेको उनले बताए । काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला परेको थियो । दाहालका अनुसार बरामद भएको सबै मालवस्तु राष्ट्र बैंकले गालेर परिणाम यकिन गर्नेछ । भारतको पश्चिम बंगालको मजलिसपुर घर भएकाले विराटनगर–११ पिचरा रोडमा पशुपति ज्वेलर्स सञ्चालन गर्दै आएका थिए ।