Friday, August 29, 2025

२०८२ भाद्र १३, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल निर्माण


पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल निर्माण

काठमाडौं । चालु आर्थिक वर्षमा जिल्लाका ग्रामीण सडकमा मोटरेबल पुल निर्माण हुने भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमास सञ्चालन गर्ने उद्देश्यले तीन वटा खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । जिल्लास्थित पूर्वाधार विकास कार्यालयका अनुसार पैँयु गाउँ गाउँपालिकाको सरौखोलास्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेबास नगरपालिकाको सिमानामा रहेको मल्याङ्दीखोला र परादी–गिज्यान सडकअन्तर्गत मोदीखोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो ।

तीन वटा पुलमध्ये दक्षिण पर्वतको पैँयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट खण्डअन्तर्गत छत्तिसेघाट मोटरेबल पुलको निर्माण तीव्र गतिमा भइरहेको कार्यालयले जनाएको छ। करिब २५ मिटर लामो उक्त पुलको ४५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ । चार करोड ४३ लाखको लागतमा पुल निर्माण भइरहेको छ ।

पुल निर्माणको जिम्मा कस्तुरी कन्स्ट्रक्सनले पाएको छ । पुलमा हालसम्म एक करोड ८३ लाख भुक्तानी भइसकेको छ । वर्षायाममा सरौखोलामा आउने ठूलो बाढीका कारण पैँयु गाउँपलिकाको सरौखोला र महाशिला गाउँपालिकाको होश्राङ्दी, भोक्सिङ र बालाकोटका नागरिकले समस्या भोग्दै आएका थिए ।