Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पशुपतिको भेटी चोरी प्रकरणः कोषका कोषाध्यक्ष सुवेदी कै संलग्नता (भिडिओ सहित)

सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म...


पशुपतिको भेटी चोरी प्रकरणः कोषका कोषाध्यक्ष सुवेदी कै संलग्नता (भिडिओ सहित)

काठमाडौं। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै संलग्न रहेको खुलेको छ। कोषाध्यक्ष सुवेदीको ठाडो निर्देशनमा भेटी संकलनका कर्मचारीसहित आठ जना दर्शनार्थीले चढाएको नगद भेटी चोरी गर्दागर्दै रंगेहात पक्राउ परेका हुन्।

पशुपति क्षेत्र विकास कोषका सातसहित आठ जनालाई प्रहरीले जेठ ७ गते सोमबार पक्राउ गरेको हो। पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेको छ। कोषको नेतृत्वले महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर आठै जनालाई अनुसन्धानका लागि जिम्मा दिइएको छ।

प्रहरी वृत्त गौशालाका डिएसपी केशवराज थेबेका अनुसार कोषका तर्फबाट भेटी चोरी भएको जानकारी पाएपछि गएको प्रहरी टोलीले त्यसमा संलग्नलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा दिएको छ । चोरीको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीले नियन्त्रणमा लिएकाहरूमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली र कुमार दमाई रहेका छन् ।

प्रहरीले पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम संकलन केन्द्रका एक कर्मचारीलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । मन्दिर भित्रबाटै भेटी चोरी हुने जानकारी आएपछि सिसिटिभीको निगरानीमा राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए । उनका अनुसार सिटिभिटीको निगरानीका क्रममा सोमबार चोरी कार्यमा संलग्नको पहिचान भएपछि अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएर पठाइएको हो । ‘मन्दिरका दर्शनार्थीले श्रद्धाले चढाएको रकम चोरी गर्ने गिरोह समातिएको र हाल सम्म केकति चोरी भएको हो बाँकी प्रहरी अनुसन्धानबाट खुल्ने उनले बताए ।

पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी सङ्कलन हुन्छ । कोषका प्रवक्ता रेवति रमण अधिकारीले संकलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको बत्तिसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्ने बताए । उनका अनुसार पक्राउ परेकाले ज्याकेटमा लुकाएर रकम लाने गरेको सिसिटिभी फुटेजमा देखिएको छ।

भेटी संकलनको जिम्मेवारी पक्राउ परेका नवराज ढोडारीले हेर्दै आएका भने बाजा बजाउने कर्मचारीलाई कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आर्थिक नियमावली विपरीत खटाएका हुन् । पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले आफूहरूलाई नै पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयान प्रहरीलाई दिएका प्रहरी स्रोतले जनाएको छ । परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजारसम्म लाने गरेको बयान प्रहरीसमक्ष दिएका छन् ।

कोषाध्यक्ष सुवेदीले बाजा बजाउने कर्मचारीलाई रकम संकलनमा खटाउन नमिल्ने कोषले जनाएको छ । आर्थिक नियमावलीअनुसार विशेष अवस्थाबाहेक बाजा बजाउने कर्मचारीलाई मात्रै नभएर अरुलाई पनि अर्को कुनै शाखामा पठाउन नमिल्ने हुँदा भेटी संकलनमा त खटाउन नै नपाइने सदस्य सचिव डा. थापाले बताए ।

पक्राउ परेका परियारले ज्याकेट लगाएर आउनु भन्ने र रकम संकलनपछि लुकाएर आफ्नो जिम्मा लगाउन भन्ने गरेको बयान दिएका छन् । ‘सिसिटिभी छ, हामी यस्तो काम नगर्नेभन्दा केही हुँदैन, कसैले देख्दिैन, गर गर भन्नुभयो, अनि गरेको,’ उनले बयानमा भनेका छन्। परियारसहित भेटी चोरीको गिरोहले सोमबार मात्रै नौ हजार रुपियाँ लुकाएर लगेको प्रहरीसँग बयान दिएका छन् ।