Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लामिछानेले भनेः गोरखा मिडिया नेटवर्क सञ्चालनका क्रममा कहाँ—कहाँबाट ऋण आएको थियो मलाई जानकारी छैन


लामिछानेले भनेः गोरखा मिडिया नेटवर्क सञ्चालनका क्रममा कहाँ—कहाँबाट ऋण आएको थियो मलाई जानकारी छैन

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट ऋण लिने प्रक्रियामा आफू संलग्न नरहेको दोह्याएका छन् । यसअघि उनले यो विषय बोल्दै आएका थिए । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले आज शोधपुछ गर्ने क्रममा उनले सुप्रिम, सहारा, सूर्यदर्शनलगायतका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएका ऋणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरे ।

गोरखा मिडिया नेटवर्कमा आफूले प्रबन्ध निर्देशकका रुपमा मात्र काम गरेको तर, कार्यकारी प्रमुखको जिम्मेवारी अध्यक्ष जीबी राईको भएको लामिछानेको जिकिर थियो । संसदीय विशेष समितिले लामिछानेलाई गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकका हैसियतमा शोधपुछ गरेको हो । समितिले लामिछानेलाई बयानका लागि ५० प्रश्न सोधको थियो ।