Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसद्को चालु अधिवेशन अन्त्य


संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन । राष्ट्रपति पौडेलले सोमबार राति १२ बजेबाट चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्को भदौ ३० गतेको सिफारिसअनुसार संसद्का दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।