रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नं ६ मा जन्ती बोकेको जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकेर सर्लाहीको चक्रघटा फर्किने क्रममा दुर्घटना भएको हो । भारतीय नम्बर एचचार ७० डी ८३८२ को स्कारपीयो जिप दुर्घटना हुँदा काठमाण्डौंका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ सुन्दरपुरकी ७ वर्षीया बालिका स्वेता पण्डितको ज्यान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान ९ बजे गढीमाई नगरपालिका ६ को सिंगारमन धर्मपुर सडकखण्डको धनहरी गाँउमा सो जीप नहरबाट तल पानीमा झरेको थियो । जीपमा १२ जना सवार रहेका थिए ।
जीप दुर्घटना हुदा दुई जनाको मृत्यु