Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालको झिनो सुधार, भ्रष्टाचार कम भएकै को ?


भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालको झिनो सुधार, भ्रष्टाचार कम भएकै को ?

काठमाडौं । धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेको नेपालले यो वर्ष त्यसमा सुधार गरेको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले देखाएको छ । मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको हो ।

गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको छ । एक अंक बढी ल्याएका कारण नेपाल सुशासन हुने मुलुकहरुको बरियताक्रममा दुई अंक अगाडि आएको छ । गत वर्ष ११० औ स्थानमा रहेको नेपाल यसपाली १०८ औ स्थापनमा पुगेको छ ।

५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरुलाई सुशासनको क्षेत्रमा समस्यायुक्त रुपमा चित्रण गरिन्छ । ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरु गम्भिर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ । यसपाली सबै मुलुकहरुको औसत अंक ४३ छ । राजनीतिमा हुने भ्रष्टाचारको मापनमा नेपालको अवस्था सुध्रिएकाले नेपालले झिनो अंकमा प्रगति गरेको हो ।

सन् २०२३ को सीपीआईसम्बन्धी विवरण सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानांगले संसदमा विचाराधिन भ्रष्टाचार सम्बन्धी विधेयकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।