काठमाडौं, श्रावण ३० । तस्करी गरिएको सुनको तौल ६० किलो ७१६ ग्राम भेटिएको छ । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामद गरिएको सुन मंगलबार गालिएपछिको तौल ६० किलो ७१६ ग्राम भएको हो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले तस्करीको उक्त सुन सोमबार गालेर वास्तविक तौल निकालेको हो ।
तौल सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महाशाखाका अधिकारीले बताए। गालेपछि सुनका ३४ बिस्कुट बनेको महाशाखाका अधिकारीले बताए । सुनको गुणस्तर कति हो भन्नेबारे ३ देखि ७ दिनसम्ममा पत्ता लाग्ने जनाइएको छ ।