Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृहका कम्प्युटर अपरेटर विष्ट पक्राउ


भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृहका कम्प्युटर अपरेटर विष्ट पक्राउ

काठमाडौं । भिजिट भिसामा थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका मानिसहरुलाई नरोक्न दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्। विष्टले गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याल लगायतसँग कुरा भइसकेको छ, भन्दै असार २१ गते शुक्रबार थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट दबाब दिएका थिए।

प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको विषय सार्वजनिक भएको थियो। गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते मंगलबार विष्टलाई सेवाबाट हटाएका थिए। विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।