Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बीमा कम्पनीहरुले बीमालेख धितोकर्जा बढाए


बीमा कम्पनीहरुले बीमालेख धितोकर्जा बढाए

काठमाडौं, भदौ ७ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका जीवन बीमा कम्पनीहरुले बीमालेख धितोकर्जा बढ्यको देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुले धितोकर्जा १६ अर्ब २६ करोड अर्थात २६ प्रतिशतले बढेको थियो । नेप्सेमा सूचीकृत भएका ८ वटा जीवन बीमा कम्पनीहरुले कुल ७८ अर्ब ३६ करोड रुपैयाँ बीमालेख धितोकर्जा परिचालन गरेका छन् । जसमध्येमा नेपाल लाईफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षमा नेपाल लाईफले ३० अर्ब ४५ करोड रुपैयाँ धितोकर्जा परिचालन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५ अर्ब ६८ करोड रुपैयाँ अर्थात २२.९६ प्रतिशतले धेरै हो । प्रतिशतको आधारमा कम्पनीको सानिमा रिलायन्सको बीमालेख धितोकर्जा उल्लेख्य सुधार भएको देखिन्छ । यस अवधिमा इन्स्योरेन्सको बीमालेख धितोकर्जा ४०८.६२ प्रतिशतले वृद्धि भएको हो । सानिमाले एक अर्ब ४ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको छ ।

आईएमई लाईफ इन्स्योरेन्सले सर्वाधिक थोरै कर्जा प्रवाह गरेको छ । यसअवधिमा उक्त इन्स्योरेन्स कम्पनीले ५० करोड रुपैयाँ मात्रै बीमालेख धितोकर्जा लगानी गरेको छ । त्यसैगरी हिमालयन लाईफ इन्स्योरेन्सले ५ अर्ब ७१ करोड रुपैयाँ, सूर्यज्योती लाईफ इन्स्योरेन्सले ३ अर्ब ६७ करोड रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्सले १० अर्ब ४५ करोड रुपैयाँ, लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपालले २१ अर्ब ७९ करोड रुपैयाँ र एशियन लाईफ इन्स्योरेन्सले ४ अर्ब ७० करोड रुपैयाँ बीमालेख धितोकर्जा परिचालन गरेका छन् ।