Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाली बजारमा कुरिलोको स्वादमा सोल्टी चाउचाउ


नेपाली बजारमा कुरिलोको स्वादमा सोल्टी चाउचाउ

काठमाडौं, असोज २। नेपालले आफ्ना उत्पादनहरुको विस्तारलाई निरन्तरता दिँदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको छ। कुरिलोको स्वादमा उपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो रोजाइ बन्ने कम्पनीले विश्वास लिएको छ।

बहुउपयोगी र स्वस्थका हिसाबले उत्तम मानिने कुरिलोको स्वाद भएको यो चाउचाउ बजारमा आएको हो। मसलामा डिहाइड्रेटेड भेजिटेवल्स जस्तै कुरिलोको टुक्रा, हरियो मटर र च्याउ मिसाइएको हुँदा सोल्टी कुरिलो बजारमा उपलब्ध अरु चाउचाउ भन्दा पृथक रहेको कम्पनीले बताएको छ।

आकर्षक प्याकेटमा उपलब्ध ७५ ग्रामको कुरिलो स्वादको सोल्टी इन्स्ट्यान्ट नूडल्सको उपभोक्ता मूल्य २५ रुपैयाँ र ७० ग्रामको चिकेन स्वादको सोल्टी नूडल्सको उपभोक्ता मूल्य २० रुपैयाँ रहेको छ ।