Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कवाड व्यवसायी काठमाडौं महानगरपालिका विरुद्ध आन्दोलीत, पुस १४ गते महानगरको कार्यालय घेर्ने


कवाड व्यवसायी काठमाडौं महानगरपालिका विरुद्ध आन्दोलीत, पुस १४ गते महानगरको कार्यालय घेर्ने

काठमाडौँ । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका विरुद्ध आन्दोलनको घोषणा गरेको छ । समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो व्यवसायमाथि ज्याजती गरेको भन्दै महानगर घेराउ गर्ने भएको हो ।

समितिले आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएको छ । पत्रकार सम्मेलनमा कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले आफूहरु काठमाडौँ महानगरविरुद्ध आन्दोलनमा जान लागेको बताए ।

काठमाडौँ महानगर प्रहरीहरूले कवाड व्यवसायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइनजती गरेको उनिहरुको आरोप छ । अदाललते कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यसको विपरीत काम गरिरहेको उनिहरुको भनाई छ ।