Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जिडब्लुएम गाडीमा फाइनान्सिङ बीच भिजी इम्पेक्स र नबिल बैंक सहकार्य


जिडब्लुएम गाडीमा फाइनान्सिङ बीच  भिजी इम्पेक्स र नबिल बैंक सहकार्य

काठमाडौं । नबिल बैंक लिमिटेडसँग जिडब्लुएम गाडीका लागि नेपालको एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले सहकार्य गरेको छ । दुई कम्पनीबीच जिडब्लुएमका गाडीहरूमा फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको हो। जिडब्लुएमका इन्टरनल कम्बसन इन्जिन आइसिई गाडीहरू हाभल जोलायन, हाभल एच ६, पावर, विंगल ५ र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाका लागि सम्झौता भएको हो।

भिजी इम्पेक्स– जिडब्लुएम नेपालका उपाध्यक्ष रूपेश शर्मा भट्ट र नबिल बैंक लिमिटेडका हेड अफ रिटेल लेन्डिङ सुश्री चाँदनी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्स म्झौताअनुसार ग्राहकले नबिल बैंक मार्फत कुनै पनि जिडब्लुएम गाडी किन्दा फाईनान्सिङ सुविधा प्राप्त गर्ने छन्।नबिलले आइसिई मोडललाई १२.९० प्रतिशत र बिजुली गाडीका लागि १२.१५ प्रतिशत ब्याजदरमा ५० प्रतिशत सम्म अटोकर्जा उपलब्ध गराउने भएको छ।

दुवै अवस्थामा ऋणको अवधि भने ७ वर्षको हुनेछ। ग्राहकहरूले अटो कर्जाका लागि आवश्यक कागजातहरूसहित नजिकैको नबिल बैंक शाखामा गएर आवेदन दिन सक्ने कम्पनीले बताएको छ।