Tuesday, August 05, 2025

२०८२ श्रावण २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आइपीओ निष्काशन प्रस्ताव सहित हिमालयन रिको साधारण सभा आज


आइपीओ निष्काशन प्रस्ताव सहित हिमालयन रिको साधारण सभा आज

काठमाडौं, भदौ ३१।हिमालयन रि–इन्स्योरेन्स लिमिटेड र सान्भि इनर्जी लिमिटेड प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड सेबोन पुगेका छन्। हिमालयन रि इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा ३ करोड कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। त्यस्तै, सान्भि इनर्जी लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति मागेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।